News प्रदेश ३

जनभावना अनुरुपका योजना प्राथमिकता राखेका छौं- मुख्यमन्त्री पौडेल

जनभावना अनुरुपका योजना प्राथमिकता राखेका छौं- मुख्यमन्त्री पौडेल

हेटाैडा । प्रदेश नं ३ का मुख्यमन्त्री डोरमणि पौडेलले राष्ट्रिय योजना आयोगबाट निर्देशित योजनालाई अब सुधार गरी प्रदेशस्तरबाटै जनभावना अनुरुपको भूगोल, व्यवहारिक, दिगो र सन्तुलित विकास योजनालाई उच्च प्राथमिकताका साथ कार्यान्वयन गरिने बताएका छन् । 

 

 

आइतबार प्रदेशको नीति तथा योजना आयोगद्वारा आइतबार हेटौंडामा आयोजित ‘आवधिक विकास आयोजनाको आधारपत्र तर्जुमा कार्याशाला गोष्ठी’ शुभारम्भ गर्दै उनले यस्तो बताएका हुन् । 

 

 

साथै, मुख्य मन्त्री पौडलले प्रदेशमा सञ्चालन हुने पाँच वर्षे आवधिक योजनालाई अब साझा सहमतिको आधारमा गुरुयोजना तयार गरी स्थानीय तहमा क्रमशः कार्यान्वयन गर्दै लैजाने नीति रहेको बताए ।

 

 


उनले आवधिक योजनालाई जनप्रतिनिधिको सुझाव अनुरुप छनोट गरी जनताको घरदैलोमा पुर्याउन व्यावहारिक दक्ष जनशक्ति उपलब्ध गराउँदै अब प्रदेश सरकारले वृहत् योजनालाई बैंकिङको स्वरूप दिने र आवश्यकताअनुसार कार्यान्वयन गर्दै लैजाने सुझाव दिए ।

 

 

प्रदेशस्तरीय नीति योजना आयोगका उपाध्यक्ष डा. खिमलाल देवकोटाले अब वैज्ञानिक सोच र चिन्तनद्वारा आवधिक योजनालाई समीक्षा गरी तत्काल दिगो व्यवस्थापन गर्न सकिने राष्ट्रिय गौरवको आयोजनालाई सन्तुलित ढङ्गबाट परिचालन गर्नका लागि आवश्यक नीति योजना र अनुगमन गर्न प्रदेश सरकारले निरन्तरता दिनुपर्ने सुझाव दिए ।
 

मुख्यमन्त्री डोरमणि पौडेल योजना हेटाैडा

विशेष