News

समृद्ध नेपाल निर्माणमा गौरा पर्वको ठूलो महत्व छ– प्रचण्ड

समृद्ध नेपाल निर्माणमा गौरा पर्वको ठूलो महत्व छ– प्रचण्ड

काठमाडौं ।  नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले विकास र समृद्धिका दृष्टिले राज्यबाट ओझेलमा पर्दै आएको प्रदेश नं ७ लाई समुन्नतिको दिशामा अघि बढाउन गौरा पर्वले प्रेरणा दिने बताएका छन् । 

 

प्रदेश नं ७ तथा कर्णाली प्रदेशमा मनाइने यस पर्वका अवसरमा आज शुभकामना सन्देश दिँदै उनले पहिचान र सामथ्र्यलाई संविधानमार्फत सुनिश्चित गरी सङ्घीय गणतान्त्रिक नेपालको निर्माणमा गौरा पर्वको महत्व झनै बढेको बताए । 

 

त्यस क्षेत्रको प्राकृतिक तथा सांंस्कृतिक सम्पदाको समुचित विकास गर्न र सम्पूर्ण देशवासीमा आपसी सद्भाव, भाइचारा तथा अपनत्वको भावना वृद्धि गरी समृद्ध नेपालको निर्माणमा यस पर्वको महत्वपूर्ण भूमिका रहेको उनको भनाइ थियो । 

पुष्पकमल दाहाल ‘प्रचण्ड’ नेकपा प्रदेश नं ७ गौरा पर्व

विशेष