News प्रदेश ७

बालिका बलात्कार गर्ने पक्राउ, अभियुक्त भन्छन्,-‘बेहोसपछि मात्र छोडे’

बालिका बलात्कार गर्ने पक्राउ, अभियुक्त भन्छन्,-‘बेहोसपछि मात्र छोडे’

कैलाली । आफ्नै छोरीको साथीलाई बलात्कार गर्ने एकजना अभियुक्तलाई सार्वजनिक गरिएको छ । जिल्ला प्रहरी कार्यालय कैलालीले घोडाघोडी नगरपालिका-६ बछुरियामा बालिकालाई बलात्कार गरेको आरोप लागेका सोही ठाउँका हर्कबहादुर कुँवरलाई प्रहरीले सोमवार सार्वजनिक गरेको हो ।

 

बालिका बलात्कार गरेको आरोप लागेदेखि नै फरार रहेका कुँवरको खोजी गरेको थियो । उनलाई आइतवार साँझ प्रहरीले लम्कीचुहा नगरपालिकामा आफन्तको घरमा लुकिछिपि बसेको अवस्थामा पक्राउ गरेको हो ।

 

बलात्कारमा संग्लन कुँवरले हात बाधेर मुखमा कपडा कोची बलात्कार गरेको र बालिका बेहोस भएपछि मृत्यु भएको भन्दै छोडेको देखिएको प्रहरी उपरिक्षक विनोद घिमिरेले बताए । 

 

घोडाघोडी नगरपालिका-६ की १४ वर्षिया बालिका आफ्नै सहपाठीका बुवा (नाताले फुपुका छोरा) बाट बलात्कृत भएकी हुन् । बालिकाका आमाबुवा अछाम गएको मौका छोपी बालिकामाथि बलात्कार भएको प्रहरीले जनाएको छ ।

 

आमाबुवा पहाड र सुस्त मनस्थितिका बाजे मात्रै घरमा भएको मौका छोपी बलात्कार भएको प्रहरी उपरीक्षक घिमिरेले बताए । पक्राउ परेका कुँवरलाई मुलुकी अपराध संहिता २०७४ को दफा २१९ को उपदफा ३ ‘ख’ बमोजिम १४ वर्षदेखि १६ वर्षसम्म कैद र दफा २२८ बमोजिम क्षतिपूर्तिको सजाय हुने कानुनी व्यवस्था छ । 

कैलाली जिल्ला प्रहरी कार्यालय कैलाली घोडाघोडी नगरपालिका-६

विशेष