News

बालिका बलात्कार गर्ने ६२ वर्षीय चौधरीलाई सात वर्ष जेल

बालिका बलात्कार गर्ने ६२ वर्षीय चौधरीलाई सात वर्ष जेल

उदयपुर । जिल्ला अदालतले सुनसरीको बराह क्षेत्र-८ घर भई उदयपुरको बेलुका नगरपालिका-३ मा व्यापार गर्दै आएका ६२ वर्षीय सुढीलाल चौधरीलाई स्थानीय १४ वर्षीया बालिका जबर्जस्ती करणी गरेको अभियोगमा सात वर्षको जेल सजायको फैसला गरेको छ । 

 

न्यायाधीश तीर्थराज केसीको इजालासले चौधरीलाई बालिका जबर्जस्ती करणी गरेको अभियोगमा सात वर्ष जेल सजाय र ३० हजार रुपैयाँ जरिवाना गर्ने फैसला गरेको स्रेस्तेदार रीतबहादुर मगरले बताए । 

 

२०७४ फागुन २५ गते बेलुका नगरपालिका-३ की १४ वर्षीया बालिकालाई घर जाँदै गरेको बेला चौधरीले जबर्जस्ती पक्रेर झारीमा लगी बलात्कार गरेको अभियोगमा प्रहरीले चौधरीलाई पक्राउ गरेर मुद्दा चलाएको थियो । 
 

उदयपुर सुनसरी सुढीलाल चौधरी

विशेष