News

झण्डै १३ लाख भारुसहित एकजना पक्राउ

झण्डै १३ लाख भारुसहित एकजना पक्राउ

झापा । पूर्वी नाका काँकडभिट्टाबाट लुकाइछिपाई १२ लाख ८० हजार भारतीय रुपैयाँ ल्याउन खोज्ने एक युवकलाई सोमबार प्रहरीले भन्सार कार्यालय भित्रैबाट पक्राउ गरेको छ । 

 

पक्राउ पर्नेमा ललितपुर-६ का ३२ वर्षीय रवीन्द्र बज्राचार्य हुन् । उनले भन्सारबाट लुकाइछिपाई सन्दिग्ध अवस्थामा सो नगद ल्याएको हुँदा अनुसन्धानका लागि पक्राउ गरिएको प्रहरीको भनाइ छ । 

 

पक्राउ परेका बज्राचार्यलाई आवश्यक अनुसन्धानका लागि सोमबार नै नेपाल एयरलायन्सको जहाजबाट राजस्व अनुसन्धान विभाग काठमाडौंमा पठाइएको मेची भन्सार कार्यालयका प्रमुख टेकबहादुर अर्यालले जानकारी दिए । 

 

भारतको सिक्किमबाट पूर्वी नाका काँकडभिट्टा हुँदै नेपाल प्रवेश गरेका बज्राचार्यको झोला भन्सार चेकपोस्टमा एक्स–रे मेसिनबाट जाँच गर्दा उक्त रकम बरामद गरिएको हो । 

 

बज्राचार्यको साथबाट बरामद गरिएको भारतीय नोटमा ५०, १००, २००, ५०० र एक हजार रुपैयाँ रहेका  सशस्त्र प्रहरी नायब उपरीक्षक राजेश घिमिरेले जानकारी दिए । 

 

सो नगद के प्रयोजनका लागि ल्याइएको हो भन्ने कुरा अनुसन्धानपछि मात्र खुल्ने प्रहरीको भनाइ छ । 

झापा पक्राउ १३ लाख भारु

विशेष