साथीका बाबुले गरे १४ वर्षीया किशाेरीलाई बलात्कार
कञ्चनपुर । सँगै पढ्ने साथीका बुबाबाट १४ बर्षे किशोरी बलात्कृत भएकी छिन् ।
एसपी विनोद घिमिरेका अनुसार घोडाघोडी नगरपालिका ६ की ती किशोरीलाई गत बुधबार हर्कबहादुर कुवरले राति घरमा कोही नभएको बेला पछयौराले मुख र हात बाँधेर बलात्कार गरेका हुन् ।
स्थानीयले गाउँमै मिलाउन खोजेका रहेछन् । सहमति नभएपछि प्रहरीसमक्ष खबर आएको रहकेछ, उनले भने, हाल उनी फरार छन् ।
किशोरीका अभिभावकले इलाका प्रहरी कार्यालय सुखडमा शुक्रबार उजुरी दिएपछि कुँवरमाथि जबरजस्ती करणी मुद्धा दर्ता गरी खोजी थालिएको प्रहरी जनाएको छ ।
कान्तिपुर दैनिकबाट ।