News खेल

एसिया कप छनौट : हङकङलाई जित्नै पर्ने दबावमा नेपाल

एसिया कप छनौट : हङकङलाई जित्नै पर्ने दबावमा नेपाल

मलेसियामा जारी एसिया कप छनौटको आफ्नो अन्तिम खेलमा नेपाल आज हङकङसँग खेल्दैछ । फाइनल आस कायमै राख्न  हङकङ विरूद्ध नेपाललाई फराकिलो जित आवश्यक पर्ने छ ।

 

 

अंक तालिकामा हङकङ चार खेल मध्ये २ मा जित र एक बराबरी सहित चौथो स्थानमा छ भने नेपाल २ मा जित र २ खेलमा हार सहित पाँचौ स्थानमा छ । सिंङापुर विरूद्धको जित पछि नेपालको फाइनल आस कायमै रहेको हो ।

 

हङकङ विरूद्धको पछिल्ला पाँच खेलमा नेपालाले सुखद नतिजा निकालेको छ । नेपालले चारमा जित र एक खेल बराबारी खेलेको छ ।

सिंगापुर विरूद्धको खेलमा फराकिलो अन्तरले विजयी भएको नेपालको फाइनल आशा कायमै रहेको हो  । राउन्ड रोबिनका आधारमा जारी छनोटका शीर्ष दुई टिमले फाइनल खेल्नेछन् । फाइनल जित्ने टिमले एसियाकपमा स्थान बनाउनेछ ।


रोचक बन्दै एसिया कप छनौट

प्रतियोगतिाको फाइनल खेल्न नेपालले हङकङलाई फराकिलो अन्तरले पराजित गर्नुपर्ने चुनौती छ । ओमान र युएर्ईे बिच हुने अर्को खेलमा ओमानले युएईलाई हराउनुपर्नेछ ।

 

तर, हङकङले नेपाललाई र युएईले ओमानलाई हराएमा भने ओमान बाहिरिने सम्भावना पनि कायमै छ । हङकङको ५ अंक छ भने युएईको ६ अंक छ  ।

 

ओमानले युएईलाई हराएमा र नेपालले हङकङलाई पराजित गरेमा युएई र नेपालको समान ६ अंक हुनेछ । यसो हुँदा जुन टिमको राम्रो रनरेट हुन्छ, उसले ओमानसँगै फाइनलमा स्थान बनाउनेछ ।

विशेष