News

गुण्डा नाइके लामा ठमेलबाट पक्राउ

गुण्डा नाइके लामा ठमेलबाट पक्राउ

काठमाडौं । नेपाल प्रहरीको अपराध अनुसन्धान महाशाखाले गुण्डा नाइके सत्यमान लामालाई मंगलबार दिउँसो ठमेलबाट पक्राउ गरेको छ । 

 

काभ्रे तिमाल गाउँपालिका-६ का मानबहादुर तामाङ लगायतलाई फोनबाट अश्लील शब्दहरु प्रयोग गरी गालीगलौज गरेर हातखुट्टा भाँचिदिने धम्की दिएको उजुरीका आधारमा लामालाई पक्राउ गरिएको महाशाखाका प्रहरी उपरीक्षक नरेन्द्रप्रसाद उप्रेतीले जानकारी दिए । 

 

पक्राउ परेका उनको आज स्वास्थ्य परीक्षण गरिएको र बुधबार अदालतबाट म्याद थप गरी थप अनुसन्धान अघि बढाउने उनले जानकारी दिए । 

गुण्डा नाइके सत्यमान लामा

विशेष