News

टिप्पर आतंक कायमै, घटनास्थलमै दाजुभाइको मृत्यु

टिप्पर आतंक कायमै, घटनास्थलमै दाजुभाइको मृत्यु

जनकपुरधाम । टिप्परको ठक्करबाट धनुषामा दाजुभाइको ज्यान गएको छ । पूर्व-पश्चिम राजमार्ग अन्तर्गत जिल्लाको धनुषाधाम नगरपालिका-९ धारापानीमा बुधबार विहान टिप्परले मोटरसाइकललाई ठक्कर दिँदा दाजुभाइको घटनास्थलमै मृत्यु भएको हो । 

 

मृत्यु हुनेमा उदयपुरको त्रियुगा नगरपालिका-४ निवासी दाजुभाइ २५ वर्षीय विकास राई र २३ वर्षीय सचिन्द्र राई रहेको प्रहरीले जनाएको छ । 

 

पश्चिमबाट पुर्वतर्फ जाँदै गरेको ना १ प ६१८९ नम्बरको टिपरले अगाडी जाँदै गरेको स ५ प ९०४६ नम्बरको मोटरसाइकललाई तीव्र गतिमा पछ्याउँदै ओभरटेक गर्ने क्रममा किचेको स्थानीय प्रत्यक्षदर्शीले प्रहरीलाई जानकारी दिएका छन् । 

जनकपुरधाम धनुषा टिप्पर पूर्व-पश्चिम राजमार्ग

विशेष