News

बाल्टिनमा डुबेर बालकको मृत्यु

बाल्टिनमा डुबेर बालकको मृत्यु

भक्तपुर । पानी भरिएको बाल्टिनमा डुबेर बुधबार चाँगुनारायण नगरपालिका-३ झौखेलमा एक बालकको मृत्यु भएको छ । 

 

सिन्धुपाल्चोक बाह्रबिसे घर भई हाल चाँगुनारायण नगरपालिका-३ झौखेलमा डेरा गरी बस्ने देवेन्द्र श्रेष्ठको दुई वर्षीय छोरा प्रत्रुश श्रेष्ठको आफ्नै डेराको आँगनमा राखिएको बाल्टिनमा डुबेर मृत्यु भएको महानगरीय प्रहरी परिसर भक्तपुरका प्रहरी नायब उपरीक्षक रेवतीरमण पोखरेलले जानकारी दिए । 


बाल्टिनमा डुबेर बेहोस भएको बालकलाई उपचारका लागि भक्तपुर अस्पतालमा लगिएको र उपचारकै क्रममा उनको मृत्यु भएको प्रहरीले जनाएको छ । उनको शव परीक्षणका लागि भक्तपुर अस्पतालमा राखिएको छ । 

भक्तपुर बालकको मृत्यु

विशेष