News

वर्षा र पहिरोका कारण हुम्लामा २ करोड बढीको क्षती !

वर्षा र पहिरोका कारण हुम्लामा २ करोड बढीको क्षती !

हुम्ला । वर्षा र पहिरोका कारण हुम्लामा दुई करोड २१ लाख ९१ हजार ७४९ रुपैयाँ मूल्य बराबरको धनमाल नष्ट भएको छ । जिल्लाको विभिन्न ५४ स्थानमा पहिरो जाँदा सो मूल्य बराबरको क्षति भएको हुम्लाका प्रहरी नायब उपरीक्षक रविन श्रेष्ठले जानकारी दिए । 

 

वर्षा र पहिरोले घर, विद्यालय, खानेपानी, सिँचाइ कुलो र बालीनालीमा क्षति पुयाएको छ ।  जिल्ला प्रशासन कार्यालयका सहायक प्रमुख जिल्ला अधिकारी महेशकुमार पोखरेलका अनुसार वर्षाले गर्दा अहिलेसम्म ६० घरमा क्षति पुर्याएको छ । 

 

वर्षा र पहिरोबाट पीडित परिवारलाई जिल्ला प्रशासन कार्यालयबाट रु दुई लाख ६८ हजार राहत वितरण गरिएको उनले जानकारी दिए । 

 

हुम्ला धनमाल नष्ट २ करोडको नोक्सानी

विशेष