News

उपत्यकाका तीन स्थानमा अत्याधुनिक पार्किङ स्थल बन्दै

उपत्यकाका तीन स्थानमा अत्याधुनिक पार्किङ स्थल बन्दै

फार्इल तस्विर

काठमाडौं महानगरपालिकाले आफ्नो स्वामित्वमा रहेको धर्मपथस्थित जग्गामा स्मार्ट पार्किङ निर्माण गर्न इच्छुक कम्पनीसँग आशयपत्र माग गरेको छ ।



त्यस्तै दरबारमार्ग र न्युरोडस्थित असन इन्द्रचोकतर्फ जाने सडकमा मोबाइलबाट समयसीमा जानकारी लिन मिल्ने गरी दुई स्थानमा डिजिटल पार्किङ बनाउने योजना अघि बढाएको छ ।

 

लामो समयको अध्ययनपछि कामपाले धर्मपथमा निजी, स्वदेशी तथा विदेशी कम्पनीसँग महानगरले आशयपत्र माग गरिसकेको छ ।



स्थानीयले अपनत्व बोध गर्न सक्ने खालको पार्किङ भवन बनाउन इच्छा राख्ने कम्पनीले एकल वा संयुक्त उपक्रम (ज्वाइन्ट–भेन्चर जेभी) मा असोज १ गतेभित्र आशयपत्र दर्ता गर्न आह्वान गरेको छ ।

 

तीनवटै पार्किङस्थल निर्माण भएपछि राजधानीको दरबारमार्ग, न्युरोड आसपास क्षेत्रको पार्किङ व्यवस्थापनमा सुधार आउने भएको छ ।

 

कामपा सार्वजनिक निजी साझेदारी कार्यक्रमअन्तर्गत धर्मपथपमा स्मार्ट र दरबारमार्ग र न्युरोडमा डिजिटल पार्किङ निर्माण गर्न लागेको हो ।

 

कामपा सार्वजनिक निजी साभेदारी एकाइ प्रमुख महेश काफ्लेले दरबारमार्ग र न्युरोडमा मोबाइल प्रयोग गरी सञ्चालन गर्न सक्ने डिजिटल पार्किङ नेपालकै पहिलो हुने बताए । - नेपाल समाचारपत्रबाट । 

काठमाडौँ महानगरपालिका पार्किङ स्थल

विशेष