News

प्रश्नपत्र आउट गर्ने भट्टराईले दिए राजीनामा

प्रश्नपत्र आउट गर्ने भट्टराईले दिए राजीनामा

त्रिभुवन विश्वविद्यालयको शिक्षाशास्त्र संकायको स्नातक तह पहिलो सेमेस्टरको प्रश्नपत्र आउट गर्ने प्राध्यापक होमनाथ भट्टराईले विभागीय प्रमुखबाट राजीनामा दिएका छन् ।

एमएड साइकोलोजी र शिक्षाको आधार विषयको प्रश्नपत्र आउट गरेका भट्टराईले बुधबार शिक्षाको आधार विषयको विभागीय प्रमुखबाट राजीनामा दिएका हुन् । उनले आफूले गल्ती गरेको स्वीकार गरिसकेका छन् ।


छानबिन समिति गठन
त्रिवि शिक्षाशास्त्र संकायको डिन कार्यालयले प्रश्नपत्र आउट भएको विषयमा छानबिन गर्न गणेश सिंह ठकुरीको संयोजकत्वमा तीन सदस्यीय छानबिन समिति गठन गरेको छ । समितिलाई पाँच दिनभित्र प्रतिवेदन बुझाउन भनिएको छ ।- नयाँ पत्रिकाबाट ।

विशेष