प्रचण्ड चारदिने भ्रमणका लागि अाज भारत जाँदै

काठमाडौ । नेपाल कम्युनिस्ट पार्टी (नेकपा) का अध्यक्ष एवं पूर्व प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड चारदिने भ्रमणका शिलशिलामा बिहीबार भारत प्रस्थान गर्दैछन्।
दुई पार्टीको एकता भएपछि पहिलो भ्रमणका रूपमा भारत जान लागेका दाहालले त्यहाँ आफूले विकासका एजेन्डा उठाउने बताएका छन्।
दाहाल दिउँसो तीन बजे भारत प्रस्थान गर्ने कार्यक्रम रहेको सचिवालयले जनाएको छ। ‘दिउँसो तीन बजे भारत प्रस्थान गर्ने कार्यक्रम रहेको छ,’ दाहालका प्रेस संयोजक विष्णु सापकोटाले भने।
भारत भ्रमणका क्रममा दाहालले भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीसहितका उच्च नेतासँग भेटघाट गर्ने कार्यक्रम रहेको उनको सचिवालयले जनाएको छ। भारत भ्रमण सम्पन्न गरेर दाहाल भदौ २४ गते स्वदेश फर्किने कार्यक्रम रहेको छ।
नेपाल कम्युनिस्ट पार्टी (नेकपा) पुष्पकमल दाहाल प्रचण्ड