News

शिक्षकको कुटाइबाट विद्यार्थी घाइते

शिक्षकको कुटाइबाट विद्यार्थी  घाइते

गुल्मी । मालिका गाउँपालिकामा रहेको अर्जै माध्यमिक विद्यालयमा शिक्षक र विद्यार्थीबीच सामान्य विवादमा शिक्षकले विद्यार्थीहरुमाथि कुटपिट गरेका छन्। कुटपिटबाट घाइतेमध्ये कक्षा १० मा अध्ययनरत विद्यार्थी नवीन अर्याल घाइते भएका छन्।

 

घाइते अर्यालको पाल्पाको प्रवासस्थित लुम्बिनी मेडिकल कलेजमा उपचार भइरहेको छ। शिक्षकहरु खुमलाल पन्थी र हिमाल घर्तीले विद्यार्थीहरुमाथि कुटपिट गरेको अभिभावकहरुले दावी गरेका छन्।  

 

उनको शरीरका विभिन्न भागमा नीलडाम रहेको र टाउकोको बाहिरी भागमा चोट नदेखिए पनि भित्री भागमा केही असर देखिएका अस्पतालले जनाएका छ।

 

नवीनको स्वास्थ्य सामान्य बन्दै गएको बताइएको छ। यद्यपि, उनी बेला बेला झस्किने र आवेगमा आउने गरेको प्रधानाध्यापक कमलप्रसाद अर्यालले बताए। अर्यालले विद्यार्थीको उपचारपछि घटनाबारे विद्यालय व्यवस्थापन समितिको बैठक बसी निर्णय लिइने बताए।  

 

बुधवारदेखि सदरमुकाम तम्घासमा सञ्चालन भएको अनेरास्ववियू फुटबल कप प्रतियोगितामा भाग लिन उक्त विद्यालयका विद्यार्थी जान पाउनु पर्ने र उक्त प्रतियोगितामा भाग लिन जाने सम्पूर्ण विद्यार्थीहरुको सबै खर्च विद्यालयले व्यहोर्नु पर्ने मागको विषयलाई लिएर विद्यालय प्रशासन र विद्यार्थीबीच विवाद भएको बताइएको छ।
 

गुल्मी मालिका गाउँपालिका अर्जै माध्यमिक विद्यालय

विशेष