News

अस्पतालमा छोरी घर पुग्दा छोरा !

अस्पतालमा छोरी घर पुग्दा छोरा !

गोदावरी नगरपालिका ८ जमुनाभाडीकी २३ बर्षीया काली खातीले भदौ १७ गते बिहान सेती अञ्चल अस्पतालमा छोरी जन्माईन । 



छोरीको स्वास्थ्यमा केही समस्या भएको भन्दै चिकित्सकले तुरुन्तै एसएनसियुमा भर्ना गरे । आमा प्रसुतिगृहमै भर्ना भइन् । भने छोरीलाई अलग्गै भवनमा राखियो । 



बेलुकी एसएनसियुबाट छोरीलाई दुध खुवाउन भन्दै उपचारमा संलग्न चिकित्सकले कालीकी आमा दिलु बोहरालाई बच्चा दिए । 
कालीले दुध खुवाईन् । 



डिस्चार्ज भएपछि घर गईन् । घर पुगेपछि बच्चाले दिसा गरेको भन्दै डाईपर निकाल्दा खाती दम्पती छक्क परे । 


अस्पतालमा शिशुलाई आमाको दुध खुवाउने बेलामा नर्सहरुले खाती दम्पतीकी छोरीलाई त्यहीँ राखेर अर्को शशिु दिएका थिए, जुन शिशु सोही दिन एसएनसियुमा राखिएको डडेलधुरा जोठबुढा नगरपालिकाकी भावना बोहराका छोरा थिए । 

 

अस्पतालमा छोरी जन्मेको भनेका थिए, घर पुग्दा त छोरा पो देखियो, कालकी पति मेघराज खातीले भने, घर पुगिसकेका खाती दम्पतीलार्य एक चिकित्सकले फोन गरेर तुरुन्तै अस्पताल आउन भने । 



अस्प्ताल पुगेका उनीहरुको हातबाट शिशु छोरा थुतेर अर्को शिशु छोरी थमाईयो । - नागरिक दैनिकबाट । 

सेती अञ्चल अस्पताल

विशेष