वातावरण संरक्षण विधेयक सर्वसम्मतिले पारित
काठमाडौं । राष्ट्रिय सभाको शुक्रबार बसेको बैठकले ‘वातारण संरक्षण (पहिलो संशोधन) विधेयक २०७५’ सर्वसम्मतिले पारित गरेको छ । राष्ट्रियसभाका उपाध्यक्ष शशीकला दाहालको अध्यक्षतामा बसेको बैठकले उक्त विधेयकलाई बहुमत सदस्यले पारित गरेको हो ।
वातावरण संरक्षण ऐन ०५३ लाई खारेज गरी राष्ट्रियसभाले वातारण संरक्षण (पहिलो संशोधन) विधेयक, २०७५ पारित गरेको हो । बैठकमा उपाध्यक्ष दाहालले ऐनको प्रस्तावना र नाम पढेर सुनाएकी थिइन् ।
यसअघि वन तथा वातावरणमन्त्री शक्तिबहादुर बस्नेतले ‘वातारण संरक्षण (पहिलो संशोधन) विधेयक, २०७५ सम्बन्धी विधायन व्यवस्थापन समितिको प्रतिवेदन सहितको विधेयक माथि सदनमा छलफल गरियोस्’ भन्ने प्रस्तुत गरिएको प्रस्तावमाथिको छलफलमा कुनै पनि सांसदले भाग लिएका थिएनन् ।