विदेश

धारिलो हतियार प्रहारबाट राष्ट्रपतिका आकांक्षी घाइते

धारिलो हतियार प्रहारबाट राष्ट्रपतिका आकांक्षी घाइते

ब्राजिल । राष्ट्रपतिको निर्वाचन प्रचार-प्रसारमा हिँडिरहेको समय दक्षिणपन्थी नेता जाइर बोल्सोनारोमाथि बिहीबार धारीलो हतियार प्रयोग गरी आक्रमण भएको छ । 

 

दक्षिणपन्थी दलका नेता बोल्सोनारोको दक्षिणपूर्वी शहर जुइज दे फोरामा आक्रमण भएको थियो । उनको तत्काल शल्यक्रिया गरिएको थियो । शरीरको मध्यभागका केही स्थानमा लागेका चोटको उपचार गराई रहेका बोल्सोनारोको अवस्था स्थिर रहेको बताइएको छ । 

 

धारिलो हतियारको आक्रमणबाट घाइते राष्ट्रपतिका उम्मेदवार जाइर मेस्सियास बोल्सोनारोको शान्ता कासा दे जुइज फोरा अस्पतालमा शल्यक्रिया भएको अस्पतालका प्रवक्ताले पुष्टि गरे । 

 

बाहिरी चोटको उपचारपछि थप उपचारका लागि अल्बर्ट आइन्सटाइन अस्पतालमा पठाइएको फोरा अस्पतालका प्रवक्ताले जानकारी दिए । बोल्सोनारो राष्ट्रपतिका लागि बलियो आकाक्षी रहेको स्थानीय सञ्चारमाध्यमले जनाएका छन् । -एजेन्सी

ब्राजिल जाइर बोल्सोनारो दक्षिणपन्थी नेता जुइज दे फोरा

विशेष