News

बालबालिकासम्बन्धी नयाँ कानून बन्दै

बालबालिकासम्बन्धी नयाँ कानून बन्दै

काठमाडौं । सरकारले बालअधिकारसम्बन्धी नयाँ कानून ल्याउने भएको छ । महिला, बालबालिका तथा ज्येष्ठ नागरिकमन्त्री थममाया थापाले संविधानको मर्म र भावनाअनुसार बालअधिकारसम्बन्धी कानून निर्माणको प्रक्रियामा रहेको बताइन् । 

 

राष्ट्रिय बाल दिवस तथा शिक्षा दिवस, २०७५ को अवसरमा राष्ट्रिय नागरिक विकास समाजले काठमाडौंमा आयोजना गरेको कार्यक्रममा मन्त्री थापाले संविधानको मौलिक हकमै तुलनात्मकरुपमा धेरै बालबालिकाको हकअधिकारको विषयलाई समेटेको र सोहीअनुरुप कानून निर्माणको चरणमा रहेको उल्लेख गरिन् । 


राष्ट्रियसभाको राष्ट्रिय सरोकार तथा समन्वय समितिका सभापति दिलकुमारी लावल थापा (पार्वती) ले संविधानको भावनाअनुरुप मौलिक हक निर्माण अन्तिम चरणमा पुगेको र निर्धारित समयभित्रै सबै हकसम्बन्धी कानून बन्ने बताइन् । 

 

समाजका अध्यक्ष महेश कुँवरले बालअधिकार, शिक्षाको क्षेत्रमा बाल संरक्षण तथा चेतनामूलक कार्यक्रम गर्दै आएको बताए । सो अवसरमा विभिन्न क्षेत्रमा योगदान पुर्याउने व्यक्ति तथा संस्थालाई सम्मान गरिएको थियो । सम्मानित हुनेमा पत्रकारिता विषयका प्राध्यापक देवराज शर्मा, अभियन्ता पूजा कुँवर, जानुका पौडेल, दीपक कार्कीलगायत हुन् । -रासस 

बालबालिका नयाँ कानून

विशेष