संस्थाहरुको संयुक्त आयोजनामा बलात्कार विरुद्ध राजधानीमा ¥याली
काठमाडौं । बढदो बलात्कारको विरोध र बलात्कारीलाई कडा सजायको माग गर्दै मेरो आफ्नै देशको अगुवाइमा शनिबार काठमाडौंमा ¥यालीको आयोजना गरेको छ । सो ¥याली बानेश्वर हुँदै रत्नपार्कमा पुगेर द्धिप प्रज्ज्वलन गरि समापन गरियो ।
नेपालमा बढ्दै गएको बलात्कारको घटना प्रति विरोध जनाउँदै तथा बलात्कारीलाई कडा भन्दा कडा सजायको माग गर्दै मेरो आफ्नै देश लगायतका संस्थाहरुको संयुक्त आयोजनामा ¥यालीको आयोजना गरिएको हो ।
बलात्कारको विषयमा वर्तमान सरकारले चासो नदिएको भन्दै आन्दोलनमा उत्रिनु परेको ¥याली सहभागिहरुले बताए । उनिहरुले बलात्कारीलाई अहिलेको कानुनले निरुत्साहित गर्न नसक्ने भन्दै कडा कानुन र त्यसको कार्यन्वयनमा सरकारलाई गम्भीर हुन आग्रह समेत गरेका छन् ।
मेरो आफ्नै देशको अगुवाइमा बढदो बलात्कारको विरोध संस्थाहरुको संयुक्त आयोजना