News

वडा सदस्यद्वारा सुविधा त्याग !

वडा सदस्यद्वारा सुविधा त्याग !

बागलुङ । जैमिनी नगरपालिका-७ जैदीका वडासदस्य केन्द्र रसाइलीले जीवनभर राज्यको कुनै सुविधा नलिने घोषणा गरेका छन् । उनले यो वर्ष वडाबाट पाएको तलब, भत्ता पनि सामाजिक काममा खर्च गरे । ‘मैले राज्यको पैसाबाट पानी पनि खान्न’ उनले भने, ‘जस्तोसुकै अवस्था आए पनि सुविधा लिन्न ।’ 

 

रसाइलीले आफूले पाएको तलब ८४ हजार ५४ रुपैयाँ बाट शुक्रबार जैदीकै संस्कृत माविलाई विज्ञान विषयका प्रयोगात्मक सामग्री प्रदान गरे । उनले गत जेठमा वडाबाट पाएको १६ हजार रुपैयाँ भत्ताबाट गाउँकै जनता बाल सारक्षता आधारभूत विद्यालयका विद्यार्थीलाई शैक्षिक सामग्री वितरण गरेका थिए ।
 

बागलुङ जैमिनी नगरपालिका-७

विशेष