दक्षिण सुडानमा हवाई दुर्घटना, १९ यात्रुको मृत्यु

एजेन्सी । दक्षिण सुडानको मध्यभागमा पर्ने एउटा तालमा १९ यात्रु बोकेको एउटा हवाई जहाज दुर्घटनाग्रस्त भएको प्रहरीले जनाएको छ । प्रारम्भिक जानकारी अनुसार यात्रुमध्ये अधिकांश व्यक्तिको मृत्यु भएको आशंका छ ।
‘आइतबार बिहान जुबाबाट इरोलतर्फ आइरहेको एउटा १९ सिट क्षमताको जहाज दुर्घटनामा परेको जानकारी मात्र प्राप्त भएको छ,’ इस्टर्न ग्रेट लेक्स राज्यका सूचना मन्त्रीले बताए ।
उनले बिमान दुर्घटनाका बारेमा थप विवरण प्राप्त भइनसकेको र खोजी तथा उद्धारको कार्य शुरु भएको बताए ।
दक्षिण सुडान जहाज दुर्घटना