श्रीमानको मृत्यु भएको ११ घण्टा नपुग्दै श्रीमतीको मृत्यु
काठमाडौं । कालगतिले श्रीमान्श्रीमतीको एकै दिन मृत्यु भयो भने, के भन्नु हुन्छ ? यो कुरा सायदै कसैले पत्याउँनु हुन्न । तर काठमाडौंको नयाँ बानेश्वर निवासी शर्मा परिवारमा पुस २४ गते मंगलबार १० घण्टाको फरकमा दुःखद घटना भएको छ । यस परिवारमा छोराहरुले बुबाको दाहसंस्कार नसक्दै आमाको बियोग भोग्नु परेको छ ।
सोमबार बेलुका खाना खाएर सुतेका परिवारमा राति एक्कासी बुबा रामगोविन्दलाई छातीमा असह्य पीडा भएपछि अस्पताल लगिएको थियो । अस्पतालमा पुर्याएर जाँच गर्दैमा डाक्टरले उनलाई मृत घोषणा गरेका थिए । चिकित्सकले अस्पतालमा लैजादै गर्दा बाटोमा नै उनको मृत्यु भएको बताएका थिए ।
श्रीमानको मृत्यु भएपछि शोकमा डुबेकी रामगोविन्दकी ७१ वर्षीया श्रीमती सबै प्रकृया पूरा गरेर कोरामा बस्न लागेकी थिइन् । सोही अवस्थामा उनलाई सास फेर्न गाह्रो भयो । सबै परिवार एकै ठाउँमा भए पनि उनको हेरचाह गर्दै गर्दा उनको मृत्यु भएको हो । यो समाचार नेपाल समाचारपत्र दैनिकबाट लिइएको हो ।
मृत्यु