विदेश

संसारकै धनी व्यक्ति जेफ बेजोसको २५ वर्षे वैवाहिक सम्बन्धमा पूर्णविराम

संसारकै धनी व्यक्ति जेफ बेजोसको २५ वर्षे वैवाहिक सम्बन्धमा पूर्णविराम

संसारकै धनी व्यक्ति अमेजन कम्पनीका मुख्य कार्यकारी अधिकृत जेफ बेजोस र उनी पत्नी म्याकेन्ज बेजोसले आफ्नो २५ वर्षे वैवाहिक सम्बन्धलाई तोड्ने निर्णय गरेका छन् । दुवैले माइक्रो बलगिङ साइट ट्विटरमा ट्विट साझा गर्दै उक्त कुराको जानकारी दिएका हुन् ।

 

उनीहरूले लामो समयसम्म एकअर्काले प्रेमपूर्वक साथ दिएको तर केही समयका लागि एक्लो महसुस गरेपछि सम्बन्ध विच्छेद गर्ने गरेको ट्विटरमा बताएका छन् । आफ्नो साझा बयानमा यो जोडीले लेखेका छन्, ‘हामीले एक–अर्काको साथ पाएकोमा निकै भाग्यशाली महसुस गर्छौं । हामीले विवाहपछि यतिका वर्षसम्म सँगै सहकार्य गर्यौं, यसका लागि हामी एक–अर्काप्रति मनैदेखि आभारी छौं ।’

 

५४ वर्षीय जेफले २५ वर्षअघि अमेजन कम्पनीको सुरुवात गरेका थिए । ब्लुमबर्गका अनुसार संसारका सबैभन्दा धनी व्यक्तिको सूचीमा उनी शीर्षस्थानमा छन्। उनको कुल १३७ बिलियन अमेरिकी डलर सम्पत्ति छ। अमेजन माइक्रोसफ्टलाई पछिपार्दै संसारको सबैभन्दा महँगो कम्पनी बनेको थियो ।

 

त्यस्तै ४८ वर्षीया म्याकेन्ज साहित्यकार हुन्। उनले अहिलेसम्म दुईवटा पुस्तक प्रकाशन गरिसकेकी छन्। यीमध्ये ‘द टेस्टिङ अफ लुथर’ सन् २००५ मा प्रकाशित भएको थियो भने सन् २०१३ मा ‘ट्रप्स’।

 

उनीहरूका चार सन्तान छन्, तीन छोरा र एक धर्मपुत्री । जेफसँग म्याकेन्जको विवाह सन् १९९३ भएको हो । उनीहरूको जागिरका लागि अन्तर्वार्ता दिना जाँदाका क्रममा भएको थियो । उनीहरू तीन महिना प्रेम सम्बन्धमा रहेपछि विवाह गरेका थिए। 

 

उनीहरूको  विवाह भएको एक वर्षपछि एमेजनको कम्पनी सुरु गरेका थिए । सुरुवाती समयमा एमेजनले पुस्तकहरूमात्रै बिक्री गर्ने गर्दथ्यो । अहिले यो कम्पनी विश्वकै सबैभन्दा ठूलो इ-कमर्श कम्पनी बन्न सफल भएको छ।

जेफ बेजोस

विशेष