News

काठमाडौंमा मनाइयो विश्व हिन्दी दिवस, आदिकविका हिन्दी कविताको लोकार्पण(भिडियो सहित)

काठमाडौंमा मनाइयो विश्व हिन्दी दिवस, आदिकविका हिन्दी कविताको लोकार्पण(भिडियो सहित)

काठमाडौं । भारतीय राजदूतावास काठमाडौंले विश्व हिन्दी दिवस मनाएको छ । त्रिभुवन विश्वविद्यालय, काठमाडौं अन्तर्गतको हिन्दी केन्द्रीय विभागको सहकार्यमा बिहीबार राजधानीमा आयोजित एक कार्यक्रमबीच संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री रविन्द्र अधिकारीको प्रमुख आतिथ्यमा विश्व हिन्दी दिवस मनाएको हो ।

 

जनवरी १० लाई विश्व हिन्दी दिवसको रुपमा मनाएको हो । होटल ह्यातमा आयोजित कार्यक्रममा भारतीय राजदूत मंजीव सिंह पुरीले भारतका प्रधानमन्त्री नरेन्द्र मोदीको सन्देश पढेका थिए । 

दिवसमा गोपाल ठाकुर तथा श्री गुरूदेव कामतद्वारा हिन्दी भाषाका प्रख्यात कविका साङ्गीतिक प्रस्तुति गरियो । उक्त अवसरमा केन्द्रीय हिन्दी विभाग, त्रिभुवन विश्वविद्यालयको वेबसाइट लोकार्पणसमेत गरियो । 

 

कार्यक्रममा प्रमुख अतिथि मन्त्री अधिकारी तथा राजदूत पुरीले नेपालका आदिकवि भानुभक्त आचार्यका कविताहरुको हिन्दी अनुवादसहितका २ वटा पुस्तकहरुको लोकार्पण समेत गरे । साथै स्व. अटल बिहारी वाजपेयीका ५१ वटा कविताको नेपालीमा अनुवाद गरेका लेखक शिवदत्त ढकाललाई सम्मान गरिएको थियो ।

कार्यक्रमको अन्त्यमा एक कवि सम्मेलनको आयोजना गरिएको थियो । उक्त अवसरमा करिब १५ कविले आफ्नो रचना प्रस्तुत गरेका थिए।कार्यक्रममा अलग–अलग क्षेत्रहरुबाट लगभग ३ सय जना साहित्यिक व्यक्तित्वहरुले सहभागिता रहेको थियो ।

हिन्दी दिवस विश्व हिन्दी दिवस

विशेष