News देश

अधिकारकर्मीदेखि जनप्रतिनिधिसम्म बार्छन् छाउ

अधिकारकर्मीदेखि जनप्रतिनिधिसम्म बार्छन् छाउ

बझाङ । संघीय संसदमा प्रतिनिधित्व गर्ने आशा विक महिनावारी भएका वेला घरभित्रै बस्छिन् तर, उनलाई भान्सा र धारा छुने छुट छैन। घरभित्र बस्न पनि उनले थुप्रै संघर्ष गनुपर्यो।  

 

‘सासूससुराले मान्दै मान्नुभएन, छाउ भएका वेला छोएर घर बिगारी भनी गाली गर्नुभयो’, उनले भनिन्, ‘निकै सम्झाएपछि आफनै कोठामा सुत्नसम्म थालेकी छु।’ स्थानीय तहका महिला जनप्रतिनिधिले विकजस्तै घरभित्र बस्ने आँटसम्म गर्न सकेका छैनन्। ‘मर्ने वेला भएका बूढाबूढीको चित्त के दुखाउनुजस्तो लाग्छ, त्यसैले छाउगोठमै बस्ने गरेकी छु’, बझाङको थलरा गाउँ कार्यपालिकाकी सदस्य निर्मला विष्ट भन्छिन्, ‘उहाँहरूको शेषपछि हाम्रो घरमा पनि यो प्रथा रहँदैन।’ 

 

बझाङमा छाउप्रथा हटाउन क्रियाशील महिला अधिकार मञ्चकी अध्यक्ष जयन्ती जोशी छाउ बार्छिन्। आफ्नै कोठामा सुते पनि भान्सामा पस्ने आँट भने नगरेको उनले बताइन्। ‘महिनावारी भएका वेला बरु अरु होटलमा खाना खाने गरेका छौँ, लामो समयदेखि मान्दै आएको प्रथा एक्कासि तोड्न गाह्रो हुने रहेछ। यो समाचार कान्तिपुर दैनिकबाट लिइएको हो । 

छाउपडी

विशेष