News

१३ जिल्लाका भूमिहीनको लगत संकलन गर्न निर्देशन  

१३ जिल्लाका भूमिहीनको लगत संकलन गर्न निर्देशन  

काठमाडौं । सङ्घीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले १३ वटा जिल्लालाई भूमिहीनहरूको लगत तयार गर्न निर्देशन दिएको छ । कृषि, भूमि व्यवस्था तथा सहकारी मन्त्रालयको आग्रहअनुसार सो मन्त्रालयले १३ जिल्लाका सबै स्थानीय तहलाई भूमिहीनहरूको लगत तयार गर्न निर्देशन दिएको हो । ती जिल्लामा मोरङ, महोत्तरी, धनुषा, रौतहट, बारा, पर्सा, चितवन, रुपन्देही, वर्दिया, बाँके, कपिलवस्तु, दाङ र कञ्चनपुर रहेका छन् । 


सहकारी मन्त्रालयले साविकदेखि बसोबास गर्दै आएका तथा आफ्नो नाममा घर जग्गा नभएको स्वामित्व नभएका भूमिहीनको लगत तयार गर्ने सन्दर्भमा पहिलो चरणमा १३ जिल्लाको छनोट गरेको हो । मन्त्रालयले ती जिल्लाबाट प्रारम्भिक सूचनाहरु सङ्कलन गर्न उपयुक्त हुने भएकाले जिल्लाहरुबाट भूमिहीनसम्बन्धी तथ्याङ्क सङ्कलन गर्ने कार्य स्थानीय तहबाटै गर्दा तथ्यपरक र वस्तुनिष्ट हुने जनाएको छ । 

भूमिहीन सामान्य प्रशासन मन्त्रालय

विशेष