News

 सिरहामा एक किलो सुनसहित ६ जना पक्राउ 

 सिरहामा एक किलो सुनसहित ६ जना पक्राउ 

सिरहा । सशस्त्र प्रहरी बल ७ नम्बर वाहिनी सिरहाले एक किलो सुन बरामद गरेको छ । पूर्व–पश्चिम राजमार्ग अन्तर्गत गोलबजार नगरपालिका र मिर्चैया नगरपालिकाको सीमामा पर्ने घुर्मीखोलाबाट प्रहरीले एक केजी सुन बरामद गरेको हो । 

 

विशेष सुराकीको आधारमा शनिबार बिहान एसपी सोमबहादुर गुरुङको टोलीले एक केजी सुनसहित भारतीय नम्बर प्लेटको  जीप र ६ जना तस्करहरु नियन्त्रणमा लिएको जनाएको छ ।प्रहरीले आजै पत्रकार सम्मेलन गरी विस्तृत जानकारी गराउने भएको छ ।  

सुन सिरहा

विशेष