News

 घाँटी रेटेर युवकको हत्या

 घाँटी रेटेर युवकको हत्या

नेपालगन्ज । बाँकेको कोहलपुरमा एक युवकको घाँटी रेटेर बिभत्स हत्या गरिएको छ । कोहलपुर–११ नया बसपार्क नजिकै सुर्खेत घर भएका अन्दाजी २३ वर्षिय दिपक सिंह ठकुरीको घाँटी रेटेर हत्या गरिएको ईलाका प्रहरी कार्यालय कोहलपुरका ईन्चार्ज प्रहरी नायव उपरीक्षक रमेशबहादुर सिंहले दिएको जानकारी दिए ।  


 
‘अगाडिबाट घाँटी रेटिएको अवस्थामा शव भेटिएको छ । अनुसंन्धान गर्दै छौ’– उनले भने । घटना शुक्रबार रातीको भएपनि शनिबार बिहान मात्र शव भेटिएको हो ।

कोहलपुर बिभत्स हत्या

विशेष