News

सुरक्षाकर्मीको पोसाकमा गुणस्तर निर्धारण

सुरक्षाकर्मीको पोसाकमा गुणस्तर निर्धारण

काठमाडौं । नेपाल प्रहरी, नेपाली सेना र सशस्त्र प्रहरीले लगाउने पोसाकको गुणस्तर निर्धारण गरिने भएको छ। 

 

सरकारले पहिलोपटक पोसाकको उत्पादन र बिक्री मापदण्ड निर्धारण गर्न लागेको नेपाल गुणस्तर तथा नापतौल विभागका निर्देशक अनिल शाक्यले जानकारी दिए । नेपाल प्रहरी, नेपाली सेना र सशस्त्रले प्रयोग गर्ने लुगा अन्य व्यक्तिको भन्दा बलियो हुनुपर्ने भएकाले पोसाकमा गुणस्तरसम्बन्धी मापदण्ड ल्याउन लागेको उनले बताए ।  

 

नेपाल प्रहरी, नेपालीसेना र सशस्त्र प्रहरीले प्रयोग गर्ने पोसाकमा गुणस्तर मापदण्ड नेपाल गुणस्तर तथा नापतौल विभागले नेपाल गुणस्तर निर्धारण गरेको हो । तीन विभागीयको मागबमोजिक नेपाल गुणस्तर तथा नापतौल विभागले पोसाकमा मापदण्ड बनाउन थालेको शाक्यले बताए । तीनै तहले प्रयोग गर्ने पोसाक बनाउँदा ठेकेदारले बदमासी गरी कमसल कपडा प्रयोग गर्ने समस्या आएपछि मापदण्ड बनाउन थालेको हो । यो खबर आजको राजधानी दैनिकबाट लिइएको हो । 

सुरक्षाकर्मी नापतौल विभाग

विशेष