कुरा ठूला गरेर के गर्नु ? विकासको पैसा ओलीले खर्च गर्नै सकेनन्
काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले विकासको सवालमा सरकारले फड्को मारिरहेको बताए पनि सरकारी तथ्यांकले अघिल्लो सरकारको तलनामा चार अर्ब रुपैयाँमात्र बढी खर्च भएको देखाएको छ ।
अघिल्लो वर्ष काम गर्न नसकेको भने आलोचना गरिएका तत्कालीन प्रधानमनत्री शेरबहादुर देउवालले पुस मसालन्तसम्म ४७ अर्ब रुपैयाँ पुँजीगत खर्च गरेका थिए । प्रधानमन्त्री ओलीले यही ६ महिनामा पुँजीगत बजेट ५१ अर्ब रुपैयाँमात्र खर्च गरेका छन् । यो देउवाको तुलनामा चारअर्ब रुपैयाँमात्रै बढी हो ।
प्रधानमन्त्री ओलीले गत आइतबार सांसदमा उभिएर सरकारले बिकासमा बजेट खर्चमा उल्लेखनीय काम गरेको दाबीगरेका थिए । सरकारी आय व्यको तथ्यांक राख्ने आधिकारिक निकाय महालेखा नियन्त्रकको कार्यालयका अनसार पुस २६ सम्म सरकारले ५१ अर्ब रुपैयाँमात्र विकास बटेज खर्च गरेको छ । यो प्रतिशतको हिसाबले १६. ३६ प्रतिशत मात्रै हो ।
नागरिक दैनिकबाट