विदेश प्रवास

अर्को वर्षदेखि अनलाइनबाटै कोरियन भाषाको परीक्षा

अर्को वर्षदेखि अनलाइनबाटै कोरियन भाषाको परीक्षा

काठमाडौं । सन् २०२० देखि दक्षिण कोरिया रोजगारीका लागि दिनुपर्ने भाषा परीक्षा अनलाइनबाटै हुने भएको छ । वैदेशिक रोजगार विभाग अन्तर्गतको रोजगार अनुमति प्रणाली (इपिएस) को परीक्षा अनलाइन प्रणालीमार्फत गराउने तयारीमा रहेको इपिएस शाखाका प्रवक्ता शोभाकर भण्डारीले जानकारी दिए । 

 

अचेल कोरिया भाषा परीक्षा कागजमा लिने चलन छ । ‘अनलाइन भनेर घरमै बसेर दिन मिल्ने भने होइन । हामीले परीक्षा केन्द्र तोकिदिएका हुन्छौं । त्यहाँ छुट्टाछुट्टै कम्प्युटरबाट अनलाइनमै परीक्षा दिनुपर्ने हुन्छ’ भण्डारीले भने । उनले हाल आवेदन पक्रियालाई अनलाइन प्रणालीमा परिणत बताए ।

 

अर्को वर्ष सन् २०२० देखि अनलाइनबाटै इपिएस परीक्षा दिने व्यवस्था हुने भण्डारीले बताए । इपिएस प्रणालीमार्फत रोजगारीका लागि नेपाली श्रमिक दक्षिण कोरिया जान थालेका छन् । उक्त प्रणालीबाट मंसिर मसान्तसम्म ५४ हजार ४ सय नेपाली श्रमिक कोरिया गएका छन् । यो समाचार नागरिक दैनिकबाट लिइएको हो । 

दक्षिण कोरिया इपिएस परीक्षा

विशेष