News

सुमार्गीले बैंकमा फर्काउलान् ८४ करोड ?

सुमार्गीले बैंकमा फर्काउलान् ८४ करोड ?

काठमाडौं । व्यापारी अजेयराज सुमार्गीले निकासा गरिसकेको रकम फिर्त्याउन राष्ट्र बैंकले इन्भेस्टमेन्ट बैंकलाई निर्देशन दिएको छ। आफ्नो अन्तरिम आदेश सच्याउँदै सर्वोच्च अदालतले सुमार्गीको मुक्तिश्री सिमेन्टको नाममा निकासा भइसकेको रकम पहिलेकै अवस्थामा ल्याउनगत २४ गते अर्को आदेश जारी गरेको थियो ।

 

उक्त आदेश जारी गरेको पाँचौं दिन आइतबार राष्ट्र बैंकले सुमार्गीको खातामा रहेको इन्भेस्टमेन्ट बैंकलाई उक्तरकम फिर्ता गर्न निर्देशन दिएको छ। राष्ट्र बैंक विदेशी विनिमय व्यवस्थापन विभाग प्रमुख भीष्मराज ढुंगानाले सर्वोच्चको पत्र आइतबार प्राप्त भएको र त्यसैका आधारमा आदेश कार्यान्वयनका लागि इन्भेस्टमेन्टबैंकलाई निर्देशन दिइएको बताए ।

 

मुक्तिश्री सिमेन्टका नाममा आएको वैदेशिक लगानीको स्रोत नखुलेको भनी राष्ट्र बैंकले करिब ५ वर्षदेखि रोक्का राखेको रकम यही पुस १० गते न्यायाधीश दीपकराज जोशीको एकल इजलासको आदेशले खुला गरिदिएको थियो ।उक्त आदेशपछि सुमार्गीले ७.५ मिलियन अमेरिकी डलर (करिब ८४ करोड रुपैयाँ) झिकेर अर्को बैंक खातामा राखेका छन् । उक्त रकम झिक्नुपूर्वकै अवस्थामा ल्याउनू भन्दै प्रधानन्यायाधीश चोलेन्द्रशमशेर जबरा र न्यायाधीश आनन्दमोहन भट्टराईको गत २४ गतेको इजलासले आदेश दिएको थियो ।

 

‘कानुनबमोजिमजे जस्तो कारबाही र प्रक्रिया अपनाउनुपर्ने हो, अपनाई नेपाल इन्भेस्टमेन्ट बैंकमा प्राप्त भएकोविवादित रकम पहिलेकै अवस्थामा राख्नू’ तत्कालीन आदेशमा भनिएको छ । ‘सर्वोच्चको आदेश कार्यान्वयन गर्न इन्भेस्टमेन्ट बैंकलाई पत्र पठाएका छौं,’ ढुंगानाले भने, ‘अब बैंकले उक्त निर्णय कार्यान्वयन गर्नुपर्छ ।’ सर्वोच्चको आदेशअनुसार सरकारले सुमार्गीमाथि अन्य प्रक्रियासमेत अघि बढाउनुपर्नेछ ।

 

मुक्तिश्रीका नाममा आएको वैदेशिक लगानीरकम पठाउने व्यक्ति सुमार्गी नै रहनु शंकास्पद भन्दै सम्पत्ति शुद्धीकरण (मनी लाउन्डरिङ) ऐन २०६४ अनुसार उनीमाथि अनुसन्धान गरी कारबाही चलाउनुपर्ने सर्वोच्चको टिप्पणीसमेत छ । यो समाचार कान्तिपुर दैनिकबाट लिइएको हो ।

अजेयराज सुमार्गी इन्भेस्टमेन्ट बैंक राष्ट्र बैंक

विशेष