News

प्रहरी निरीक्षकसम्म प्रदेशले नियुक्त गर्ने सक्ने प्रावधान

प्रहरी निरीक्षकसम्म प्रदेशले नियुक्त गर्ने सक्ने प्रावधान

काठमाडौं । प्रत्येक प्रदेश प्रहरीमा प्रहरी निरीक्षक (इन्सपेक्टर)सम्म भर्ना गर्न पाइने व्यवस्था राखेर विधेयक ल्याइएको छ । गृहमन्त्रालयले सो प्रावधानसहित सोमाबार प्रतिनिधिसभामा ‘नेपाल प्रहरी र प्रदेश प्रहरीले सम्पादन गर्ने कार्यको सञ्चालन, सुपरीवेक्षण र समन्वयसम्बन्धी विधेयक’ दर्ता गरेको छ ।

 

विधेयक पारित भएमा प्रदेशमा प्रहरी जवानदेखि प्रहरी निरीक्षकसम्म भर्ना गर्न पाइनेछ । तर प्रदेशमा रहने प्रहरी प्रमुख नेपाल सरकारले तोक्ने व्यवस्था गरिएको छ भने डिएसपी वा सोभन्दा माथिको दर्जाको प्रदेश प्रहरीको पदमा नेपाल प्रहरीको दरबन्दी कायम गरिने व्यवस्था गरिएको छ।

 

जसबाट प्रहरी निरीक्षकभन्दा माथिल्लो दर्जाका कर्मचारी केन्द्रबाट नै निर्धारण गरिनेछ । प्रदेश प्रहरीको खुला प्रतियोगिताबाट नियुक्ति गर्नुपर्ने पदनमा प्रदेश लोकसेवा आयोगको सिफारिसमा नियक्ति गर्ने व्यवस्था गरिएको छ । यो समाचार आजको नागरिक दैनिकबाट लिइएको हो ।

प्रदेश

विशेष