News रोजगार

भारतले अर्थका ६२ कर्मचारीलाई सार्वजनिक लेखा व्यवस्थापानको तालिम दिँदै

भारतले अर्थका ६२ कर्मचारीलाई सार्वजनिक लेखा व्यवस्थापानको तालिम दिँदै

काठमाडौं । भारत सरकारको ‘भारतीय प्राविधिक तथा आर्थिक सहकार्य कार्यक्रम’ (आइटिइसी) अन्तर्गत अर्थ मन्त्रालयका ६२ कर्मचारीलाई विश्व दृष्टिकोणमा सार्वजनिक लेखा व्यवस्थापान (ग्लोब्ल प्रस्पेक्टिभ अन पब्लिक फाइनान्स म्यानेजम्यान)को तालिम दिने भएको छ। नेपाल-भारत आर्थिक सहकार्य कार्यक्रमअन्तर्गत अर्थ मन्त्रालयका कर्मचारीलाई उक्त तालिम दिन लागिएको काठमाडौंस्थित भारतीय दूतावासले जनाएको छ।

 

अर्थ मन्त्रालयको आवश्यकताअनुरुप तयार पारिएको सो कार्यक्रम इन्स्टिच्युट अफ गभर्मेन्ट अकाउन्ट्स एण्ड फाईनान्स (आइएनजिएएफ) मा हुँदैछ। उक्त तालिमले विद्युतीय भुक्तानी प्रणाली, लेखाविधि तथा रकम व्यवस्थापन, सार्वजनिक ऋण प्रणाली, वैदेशिक ऋण/अनुदान तथा प्रतिदानको लेखाविधि, पेन्सन भुक्तानी प्रणाली, आन्तरिक लेखापरीक्षण, आर्थिक जिम्मेवारी तथा बजेट व्यवस्थापन आदि विषयहरूमा चलिरहेको विश्वव्यापी अभ्यासबारे सहभागीहरूको क्षमता अभिवृद्धि ‍हुने भारतीय दूतावसले जनाएको छ। भारतीय दूतावासका अनुसार उक्त तालिम ३  ब्याचमा सञ्चालन गरिनेछ। प्रथम ब्याचका २० कर्मचारीले पौष ३० गतेदेखि नयाँ दिल्लीस्थित इन्स्टिच्युट अफ गभर्मेन्ट अकाउन्ट्स एण्ड फाईनान्समा तालिम लिइरहेका छन्।

 

आइएनजिएएफ भारत सरकारको सार्वजनिक अर्थ व्यवस्थापन क्षेत्रको आधुनिक सिकाई सुविधायुक्त प्रमुख तालिम केन्द्र मानिन्छ। अर्थ क्षेत्रमा आफ्नो छुट्टै पहिचान बनाउन सफल यस संस्था इन्टिट्युटशन अफ इन्ट्रनल अडिट (आइएए) फोलोरिडा, एटलान्टा स्कुल अफ पब्लिक पोलिसी, डुक युनिभर्सिटी, म्यानेजम्यान डेब्लमेन्ट इन्टिट्युट (एमडिआइ) गोरगाउँ, इन्डियन एन्टिट्युट अप म्यानेजम्यान बेन्गलोरु आदि संस्थासँग आबद्ध रेहको छ। 

 

आइएनजिएएफ भारत सरकारको ‘भारतीय प्राविधिक तथा आर्थिक सहकार्य कार्यक्रम’ (आइटिइसी) अन्तर्गत मित्र राष्ट्रका कर्मचारीलाई तालिम प्रदान गर्ने साझेदार संस्था हो। विश्वव्यापी कार्यक्रमका अतिरिक्त आइएनजिएएफले छिमेकी राष्ट्रहरु अफगानिस्तान, बंगलादेश, भुटान, माल्दिभ्स तथा श्रीलंका का कर्मचारीहरुलाई पनि विशेष तालिम प्रदान गर्दै आएको भारतीय दूतावासले जनाएको छ।

भारतीय दूतावास अर्थ मन्त्रालय

विशेष