दक्षिण अफ्रिकाद्वारा पाकिस्तान विरुद्धको टेस्ट सिरिज ‘क्लीन स्वीप’

एजेन्सी । पाकिस्तानविरुद्धको तीन टेस्टको सिरिज दक्षिण अफ्रिकाले जितेको छ । उसले ३–० ले सिरिज जितेको हो । सोमबार सकिएको अन्तिम टेस्टमा १०७ रनले पराजित गर्दै दक्षिण अफ्रिकाले सिरिज क्लीनस्वीप गरेको हो ।
३८१ रनको लक्ष्य पछ्याएको पाकिस्तान २७३ रनमा समेटिएको थियो । पाकिस्तानका आशिद सफिकले ६५ रन बनाउँदा सहाव खानले नट आउट ४७ रन जोडेका थिए । दक्षिण अफ्रिकाका डुवान ओलिभर र काशिको रावडाले तीन–तीन विकेट लिएका थिए । यसैगरी डेल स्टेनले २ विकेट लिए ।
दक्षिण अफ्रिकाले पहिले २६२ रन बनाउँदा पाकिस्तानलाई १८५ रनमा समेटेका थियो । पहिले ७७ रनको अग्रता बनाएको अफ्रिकाले दोस्रो पटक ३०३ रन बनायो । पछि पाकिस्तानले ३८१ रनको चुनौती पाएको थियो ।
पाकिस्तान दक्षिण अफ्रिका