हजारौँ मानिसकै अगाडि मेयरको हत्या
पोल्याण्डको बन्दरगाह सहर गडांकका मेयरको सोमबार हत्या भएको छ । परोपकारी एउटा कार्यक्रममा सहभागी भएका बेला हजारौँ मानिसका अगाडि धारिलो हतियार प्रहार गरी उनको हत्या भएको स्थानीय सञ्चार माध्यमहरले जनाएका छन् ।
धारिलो हतियार प्रहारपछि उनलाई तुरुन्तै अस्पताल पुर्याइएता पनि बचाउन नसकिएको चिकित्सकहरूले बताएका छन् । 'उहाँलाई बचाउने हाम्रो सबै प्रयास असफल भयो,' गडांक विश्वविद्यालय अस्पतालका निर्देशक डा. टोमाज स्टेफनिकले भने ।
उनलाई के कारणले हत्या गरियो भन्ने कुराको यकिन हुन नसकेको प्रहरीले जनाएको छ। उक्त घटनालगत्तै प्रहरी अनुसन्धान सुरु गरेको छ भने मेयर पावेल अडमोविजको हत्यापछि देशभरी हिंसाका विरुद्धमा प्रदर्शन गरिएको छ ।
पोल्यान्ड