विदेश

हजारौंको अगाडि धारिलो हतियार प्रहार गरी मेयरको हत्या

हजारौंको अगाडि धारिलो हतियार प्रहार गरी मेयरको हत्या

वार्सा । पोल्याण्डको बन्दरगाह सहर गडाङ्कका मेयरको सोमबार हत्या भएको छ । परोपकारी एउटा कार्यक्रममा सहभागी भएका बेला हजारौं मानिसहरुको अगाडी धारिलो हतियार प्रहार गरी उनको हत्या भएको स्थानीय सञ्चार माध्यमले जनाएका छन् । 

 

‘उहाँलाई बचाउने हाम्रो सबै प्रयास असफल भयो’ गड्ङ्क विश्वविद्यालय अस्पतालका निर्देशक डा. टोमाज स्टेफनिकले भने । मेयर पावेल अडमोविजको हत्यापछि देशभरी हिंसाका विरुद्धमा प्रदर्शन गरिएको छ । एजेन्सी

पोल्याण्ड हतियार प्रहार

विशेष