News

भारतीय राजदूतावासद्वारा काठमाडौं र नवलपरासीमा कृतिम हात-खुट्टासम्बन्धी निःशुल्क शिविर सञ्चालन

भारतीय राजदूतावासद्वारा काठमाडौं र नवलपरासीमा कृतिम हात-खुट्टासम्बन्धी निःशुल्क शिविर सञ्चालन

काठमाडौं । महात्मा गान्धीको १५०औं जन्म जयन्तीको अवसरमा भारतीय राजदूतावास काठमाडौंले काठमाडौं तथा नवलपरासीमा कृतिम हात-खुट्टासम्बन्धी निःशुल्क क्याम्प आयोजना गरेको छ । भगवान् महावीर विकलांग सहायता समिति जयपुर भारत तथा चौधरी फाउण्डेसन नेपालको सहकार्यमा भारत सरकार परराष्ट्र मन्त्रालयको भारतीय प्राविधिक तथा आर्थिक साझेदारी कार्यक्रमअन्तर्गत उक्त शिविर आयोजना हुन गइरहेको हो ।

 

नेपालका लागि भारतीय राजदूत मंजिव सिंह पुरीले आइतबार काठमाडौंस्थित नर्भिक अस्पतालमा शिविरको उद्घाटन गरे । उद्घाटन समारोहमा भगवान महावीर विकलांग सहायता समिति जयपुर भारतका संस्थापक तथा संरक्षक–प्रमुख डी. आर. मेहता तथा चौधरी फाउण्डेसन नेपालका अध्यक्ष एवं सांसद विनोद चौधरी लगायत विशिष्ठ व्यक्तिहरुको उपस्थिति थियो । उनहरुले हातखुट्टा नभएका व्यक्तिहरुलाई कृत्रिम जैपुर फुट प्रदान गरे । दोस्रो शिविर नवलपरासीको गैंडाकोटस्थित सहज सामुदायिक अस्पतालमा आयोजना गरिनेछ । सो शिविरमा अपांता भएका कूल ५०० जनालाई कृत्रिम हातखुट्टा निःशुल्क रुपमा प्रदान गरिनेछ ।

 

महात्मा गान्धीको १५०औं जन्म जयन्ती मनाइरहेको अवस्थामा महात्मा गान्धीको मानवता प्रतिको सेवा सम्मानस्वरुप भारत सरकार परराष्ट्र मन्त्रालयले ‘मानवताको सेवामा भारत’ पहलको सुरुवात गरेको छ । यस कार्यक्रमले भगवान महावीर विकलांग सहायता समितिसँगको सहकार्यमा विश्वव्यापी रुपमा सञ्चालन गरिने आर्टिफिसियल लिम्ब फिटम्यान्ट क्याम्पमार्फत् गान्धीको स्नेह, सहयोग तथा सेवाको दर्शनलाई केन्द्रित भारतीय दूतावासले जनाएको छ ।

 

सन् १९७५ मा स्थापित तथा ’जयपुर फुट’ नामले परिचित भगवान महावीर विकलांग सहायता समिति कृत्रिम हातखुट्टा सामाग्री उत्पादन गर्ने विश्वको ठूलो संस्थाहरु मध्येको एक हो जसले हालसम्म भारत तथा विश्वभर १७.३ लाख विकलांगहरुलाई सेवा प्रदान गरिसकेको छ । जयपुर फूट विश्वमा सबैभन्दा बढी प्रयोग हुने कित्रिम अंग हो । यस संस्थाले अमेरिकी स्टानफोर्ड विश्वविद्यालयसँग मिलेर जयपुर नी को विकास गरेको छ जसलाई ‘टाइम्स’ पत्रिकाले २००९ को ५० उत्कृष्ट आविष्कारमा सूचीकृत गरेको भारतीय दूतावासले जनाएको छ ।

भारतीय दूतावास

विशेष