News कर्पोरेट रोजगार

काठमाडौंमा दोस्रो अन्तर्राष्ट्रिय उद्यमशीलता सम्मेलन हुँदै

काठमाडौंमा दोस्रो अन्तर्राष्ट्रिय उद्यमशीलता सम्मेलन हुँदै

काठमाडौं । राजधानीमा भोली दोस्रो अन्तराष्ट्रिय उद्यमशीलता सम्मेलन हुने भएको छ । क्लाँक वी विजनेस इन्नोभेसनसँगको सहकार्यमा भारतीय दूतावासले उक्त सम्मेलन आयोजना गर्ने भएको हो ।

कार्यक्रम भोली शनिबार होटल याक एण्ड यतीमा आयोजना हुँदै छ । 

नेपाल–भारत दुईदेशीय उद्यमशीलता र सहकार्यका विषयमा केन्द्रित रहने यस सम्मेलनमा नेपाल भारतका करिब १५ हजार बढि उद्यमी, व्यवसायी, लगानिकर्ता तथा विज्ञहरुको सहभागिता रहने छ । 


भारतबाट प्रमुख वक्ताको रुपमा ट्रान्स एसिया भेन्चर र यू फसर्ट भेन्चरका संस्थापक विक्रान्त गुजनानी, ओयो(oyo india ) का प्रमुख कार्यकारी निर्देशक आदित्य घोष, वरुण सर्राफ लगाएत व्लीङक भेन्चर तथा उद्यम कल्याणकारी का प्रबन्धक थ्रीजा दोउ रहने छन् । 

त्यस्तै नेपालका तर्फबाट प्रिज्म एड्भरटाइजीङ्गका प्रमुख कार्यकारी निर्देशक रंजीत आचार्य, आइ.एम.इ ग्रुपका सहसंस्थापक तथा प्रबन्ध निर्देशक हेमराज ढकाल, किंग्स कलेजका कार्यकारी निर्देशक नरोत्तम आचार्य , , सुष्मिता ग्रुपका प्रमुख कार्यकारी निर्देशक सुशील पोखरेल, विहानी सामाजीक भेन्चर संस्थापक सन्तोषी राना,  कारोबार दैनिकका संपादक कुबेर चालिसे र प्रधानमन्त्रीका प्राविधिक सल्लाहकार असगर अली रहनेछन् ।
सम्मेलनको प्रमुख अतिथि भने प्रधानमन्त्रीका प्रमुख सल्लाहकार तथा जि फन्टका संरक्षक विष्णुप्रसाद रिमाल रहने बताइएको छ । 

यस सम्मेलनले नेपाल तथा भारतका थुप्रै उद्यमीहरु, लगानीकर्ताहरु, प्रवद्र्धकहरु, व्यवसायीक सल्लाहकारहरुको ध्यान आकृष्ट हुने आयोजकले बताएको छ । 


यस कार्यक्रममा काठमाडौं, पोखरा, विरगंज, चितवन र विराटनगर लगायतका सहरहरुमा गरिएका कार्यक्रमहरु, चार महिने अभियान, दशवटा कलेज स्तरीय गतिविधिहरु तथा ३० दिने प्रशिक्षणहरुको माध्यमबाट भारतीय दूतावास र क्लोक वी पाँचलाख उद्यमशील व्यक्तिहरुसम्म पुग्न सफल भएको छ । 
समग्रमा पन्द्रहसय जना उद्यमीहरुले यस सम्मेलनमा भाग लिनकालागी दर्ता गराएका थिए जसमध्ये ६सय जना छानिएका छन् ।

सो मध्ये १०० जनाले लगानीकालागी आफ्ना नव व्यवसायका सोचहरु प्रस्तुत गर्न इच्छा जाहेर गरे भने ५२ जनाको अडिसन लिइएको थियो । 

भोली अन्तिम चरणमा एयरलिफ्ट टेक्नोलोजी, मेकर भयाली, अफरिङ ह्यापीनेस, वाकम्यान ग्रीनक्वाइन्स र स्वदेशी इन्नोभेसन्स तथा भारतबाट अनस्कूल फ्रम इन्डिया गरीे ६वटा संस्थाहरुले आफ्ना नव व्यवसायिक सुरुआतबारे प्रस्तुती गर्नेछन् ।

भारतीय दूतावास

विशेष