News

डा केसीलाई नाइटभिजनमा रातरात काठमाडौं ल्याइयो, त्रिवि शिक्षण अस्पतालको आइसियुमा राखेर उपचार गरिँदै

डा केसीलाई नाइटभिजनमा रातरात काठमाडौं ल्याइयो, त्रिवि शिक्षण अस्पतालको आइसियुमा राखेर उपचार गरिँदै

काठमाडौं । चिकित्सा शिक्षाको विषयलाई लिएर १६औँ पटक अनशनमा बसेका डा. गोविन्द केसीलाई इलामबाट रातारात काठमाडौं ल्याइएको छ। पुस २५ गतेदेखि इलाममा अनशन थालेका डा. केसीको स्वास्थ्य अवस्था गम्भीर भएसँगै शुक्रबार बिहानीपख काठमाडौं ल्याइएको हो। 

 

शिक्षा तथा स्वास्थ्य समितिले पारित गरेको राष्ट्रिय चिकित्सा शिक्षा विधेयकप्रति असन्तुष्टि जनाउँदै अनशन थालेका डा केसीको अवस्था चिन्ता जनक भएपछि नेपाली सेनाको नाइटभिजन हेलिकोप्टरमा काठमाडौं ल्याइएको हो। उनलाई झापाको भद्रपुरबाट हेलिकोप्टरमा बिहानीपख काठमाडौं ल्याइएको हो। यसअघि उनलाई इलामस्थित अनशनस्थलबाट एम्बुलेन्समा भद्रपुर लगिएको थियो। इलाममा हेलिकोप्टर अवतरण गर्ने अवस्था नभएपछि उनलाई इलामबाट झापाको भद्रपुर एम्बुलेन्समा पुर्‍याइएको हो। 

 

डा. केसीलाई राति काठमाडौं ल्याउने क्रममा स्वास्थ्य निगरानीका लागि धरानस्थित विपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानका दुईजना विशेषज्ञ चिकित्सक पनि साथमा आएका थिए। डा. केसीको काठमाडौं ल्याएर महाराजगन्जस्थित त्रिवि शिक्षण अस्पतालमा  आइसियूमा राखेर उपचार भइरहेको छ।

डा गोविन्द केसी

विशेष