News

मिटरमा जान नमान्ने ६५ ट्याक्सी चालकलाई कारवाही

मिटरमा जान नमान्ने ६५ ट्याक्सी चालकलाई कारवाही

काठमाडौं । महानगरीय ट्राफिक प्रहरी महाशाखाले यात्रुसँग बढी भाडा लिने र मिटरमा हिँड्न नमान्ने ६५ ट्याक्सी चालकलाई कारवाही गरेको छ । पछिल्लो समय काठमाडौं उपत्यकामा ट्याक्सी कारबाहीलाई आक्रामक बनाएको ट्राफिक प्रहरीले बिहीबार मात्रै ६५ जना ट्याक्सी चालकलाई कारवाही गरेको हो । 


‘यात्रुसँग बढी भाडा लिने, मिटरमा जान नमान्ने, मिटर बिगार्ने र बिग्रेको मिटर नबनाउने ट्याक्सी चालकलाई ट्राफिक महाशाखाले कारबाही गर्दै आएको छ’ महाशाखाले जारी गरेको प्रेस नोटमा भनिएको छ, ‘नियमित अनुगमन गरी कसुर फेला परेका ट्याक्सी चालक कारवाहीमा पर्दै आएका छन् ।’ 

 

ट्याक्सी प्रयोग गर्दा बढी भाडा लिने, मिटरमा जान नमान्ने, यात्रुले चाहेको स्थानमा जान नमानेमा महानगरीय ट्राफिक कन्ट्रोल रुमको हटलाईन नम्बर १०३ मा फोन गर्न तथा ९८५१२९५१०० मा एसएसएस गर्न ट्राफिक महाशाखाले आग्रह गरेको छ । साथै, ट्राफिक प्रहरीको फेसबुक पेज, मोबाइल एप्लिकेशन र ट्विटरमा पनि ट्याक्सीको कसुरबारे सूचना दिन सकिने बताइएको छ । 

ट्याक्सी चालक मिटर

विशेष