News विदेश व्यापार कर्पोरेट

तेलको मूल्यमा गिरावट आएपछि उत्पादन परिमाण कटौंती गर्दै खाडीमुलक

तेलको मूल्यमा गिरावट आएपछि उत्पादन परिमाण कटौंती गर्दै खाडीमुलक

काडमाडौं । अन्तराष्ट्रिय बजारमा तेलको मूल्यमा उच्च गिरावट आएसँगै तेल उत्पादन गर्दै आएका खाडी मुलुकहरुले उत्पादन परिमाण कटौंती गरेरै भएपनि बजार सन्तुलन कायम गराउने रणनीती बनाएका छन् । 

तेल उत्पादक राष्ट्रहरूको संगठन (ओपेक) र रसिया, इरानलगायतका केही मुलुकले अन्तराष्ट्रिय बजारमा तेलको मूल्यमा करिब ४० प्रतिशतले गिरावट आएको भन्दै यस्तो रणनीतीमा लागेका हुन् । 

 

ओपेकले गत महिना तेल उत्पादनलाई प्रतिदिन १२ लाख व्यारेल पुयाउने बताएको थियो । 
तेल उत्पादक मुलुकहरूले तेलको खस्कँदो मूल्यलाई मध्य नजर राख्दै उत्पादन परिमाणमा कटौती गर्ने बताएसँगै अनिश्चित बनेको तेल बजार सन्तुलनमा आउने प्रमुुख तेल उत्पादक राष्ट्र साउदी अरबले जनाएको छ ।  

योसँगै बजारमा तेलको आपूर्तिमा सहजता आउनुका साथै उत्पादन र व्यवस्थापनमा सन्तुलन आउनसक्ने साउदी अरबका उर्जामन्त्री खालिद अल–फालिहले बताएका छन्। उनले तेल बजारको सन्तुलनमा साउदी अरब  धेरै आशावादी रहेको समेत बताएका छन् । 

 

कच्चा तेलको मूल्यमा गिरावट आई गत महिना प्रतिव्यारेल ५० अमेरिकी डलरसम्म पुगेको थियो । तर जनवरीमा उक्त मूल्यमा प्रतिव्यारेल १० अमेरिकी डलरको वृद्धि भएको छ । तेलको उत्पादनमा जनवरी १ देखि लागू हुनेगरी गरिएको कटौतीसँगै विस्तारै मूल्यमा वृद्धि आएको र प्रतिव्यारेल ६० अमेरिकी डलर पुगेको हो ।

 

ओपेकको हर्ताकर्ता मानिने साउदी अरबले पनि जनवरीबाट लागु हुनेगरी तेलमा कटौती गर्ने र विस्तारै आठ लाख व्यारेल तेल उत्पादनमा कटौती गर्ने जनाएको थियो । अर्को महिनादेखि साउदीले थप एक लाख व्यारेल तेलको उत्पादनमा कटौती गर्ने बताएको थियो ।

 

फालिहले साप्ताहिक पत्रकार सम्मेलनमा भने, “म विश्वस्त छु, हामीले कच्चा तेलको उत्पादनमा प्रतिदिन १२ लाख व्यारेलको कटौती गर्ने निर्णयले मूल्यमा सुधार आएको छ र अझै आउने छ । हामी केही समयमै मजबुत बन्नेछौँ ।”

तेल उत्पादक राष्ट्रहरूको संगठन (ओपेक)

विशेष