News प्रदेश ६

भेडा गोठालोलाई मासिक एक हजार भत्ता    

भेडा गोठालोलाई मासिक एक हजार भत्ता    

कालिकोट । कालिकोटको पचालझरना गाउँपालिकाका कृषकले भेडाबाख्रा पालन गरेवापत मासिक भत्ता पाउने भएका छन्। मासुजन्य पशुपालनलाई बृद्धि गराउन गाउँपालिकाले पशुपालक कृषकलाई गोठालो भत्ता दिने भएको हो।गाउँसभाबाट स्थानीय भेडा, बाख्रा पालन गर्ने किसानहरुलाई गोठालो भत्ता दिने निर्णय गाउँपालिकाले गरेको छ।

 

स्थानीयस्तरमा व्यवसायीक रुपमा भेडा र बाख्रापालन गर्ने किसानहरुलाई पशुपालन व्यवसायमा थप प्रोत्सहान गर्न गोठालो भत्ता दिने निर्णय गरिएको पचालझरना गाउँपालिका अध्यक्ष खड्गराज सेजुवालले बताए। गाउँपालिका भित्र ५० भन्दा बढी भेडा बाख्रा पालन गर्दै आएका किसानहरुलाई गोठालो भत्ता बापत मासिक एक हजार दिने भएको छ। 

कालिकोट भत्ता

विशेष