News

अब्बल विद्यार्थीलाई खुसीको खबर, विनालाइसेन्स अध्यापन गराउन पाउने

अब्बल विद्यार्थीलाई खुसीको खबर, विनालाइसेन्स अध्यापन गराउन पाउने

काठमाडौं । पढ्नमा अब्बल मेधावी विद्यार्थीका लागि खुसीको खबर छ । त्यस्ता विद्यार्थीले विनालाइसेन्स अध्यापन गराउन पाउने व्यवस्था गर्न सरकारलाई सिफारिस गरिएको छ ।

विश्वविद्यालयमा शिक्षामा उच्च स्थान हासिल गरेका मेधावी र क्षमतावान व्यक्तिलाई शिक्षण पेसामा आकर्षित गर्न यस्तो सिफारिस गरिएको छ । अब्बल र मेधावी विद्यार्थीले शिक्षा अध्यापन अनुमतिपत्र नलिए पनि अध्यापन गराउन पाउने व्यवस्था गर्न सरकारद्वारा गठित उच्च स्तरीय राष्ट्रिय शिक्षा आयोगले सिफारिस गरेको हो। आयोगको सो सिफारिसप्रति सरकारी अधिकारीहरु पनि सकारात्मक देखिएका छन्। यो समाचार आजको राजधानी दैनिकबाट लिइउको हो ।

शिक्षक

विशेष