सडकको नांगो तारमा परी दुईको ज्यान गयो
जनकपुरधाम । नेपाल विद्युत प्राधिकरणको लापरबाहीले धनुषामा दुई जनाको मृत्यु भएको छ । धनुषा जिल्लाको जनकपुरधाम उपमहानगरपालिका वडा नं. १२ मा ११ हजार भोल्टको नाङ्गो तारले दुई जनाको मृत्यु भएको छ ।
सडकमै एघार हजार भोल्टको नाङ्गो तार नहटाइँदा यस्तो घटना भएको हो । नांगो तारमा मोटरसाइकलको लेगगार्डले छुँदा चालकलाई पनि करेन्ट लागेको थियो । उनलाई बचाउन जाने क्रममा अर्का एकको पनि मृत्यु भएको छ ।
मृत्य हुनेमा सिरहा घर भई हाल जनकपुरधाममा बस्दै आएका जगरनाथ साह र धनुषा मिथिलेश्वर मवाहीका परमेश्वर मण्डल रहेको छ । ज ८ प ७७०९ नम्बरको बुलेट मोटरसाईकलमा गईरहेको वेला उनीहरुलाई करेन्ट लागेको थियो ।
नेपाल विद्युत प्राधिकरणको लापरवाहिका कारण यस भन्दा पहिला पनि यस्तो घटना भई सकेको छ ।
नाङ्गो तार जमिनमा खसेको गुनासो गर्दा पनि नेपाल विधुत प्राधिकरणले अटेरी गरेर हटाएको थिएन ।