News

प्रचण्ड पत्नी सीता दाहाल अस्पताल भर्ना

प्रचण्ड पत्नी सीता दाहाल अस्पताल भर्ना

काठमाडौं । सत्ताधारी नेपाल कम्युनिस्ट पार्टीका अध्यक्ष पुष्पकमल दाहाल 'प्रचण्ड' की धर्मपत्नी सीता दाहालको स्वास्थ्य थप नाजुक बनेपछि धापाखेलस्थित सुमेरू अस्पतालमा भर्ना गरिएकी छिन् । 

 

लामो समययता सुगर, प्रेसर लगायतका समस्याबाट पीडित सीतालाई केही दिनदेखि ज्वरो र खोकीले ग्रस्त बनाएको खबर छ । स्वास्थ्यमा कुनै सुधार नआएपछि उनलाइ अस्पताल भर्ना गरिएको पारिवारिक स्रोतले जानकारी दिएको छ ।

 

डा. युवराज शर्मालगायतको टोलीले सीताको उपचार सुरु गरेको छ । यसअघि पनि उपचारका लागि भन्दै प्रचण्डले सीतालाइ सिंगापुर र दिल्लीका अस्पतालमा पुर्‍याएका थिए । छोरा प्रकाश दाहालको असामयिक निधनपछि उनको मानसिक रूपमा सिथिल बन्दै गएकी थिइन् ।

सीता दाहाल पुष्पकमल दाहाल ‘प्रचण्ड’

विशेष