News पर्यटन

भारतका चर्चित उत्प्रेरक विवेक विन्द्राले बनाएको नेपाल सम्बन्धी भिडियोले पिट्यो तहल्का (भिडियोसहित)

भारतका चर्चित उत्प्रेरक विवेक विन्द्राले बनाएको नेपाल सम्बन्धी भिडियोले पिट्यो तहल्का (भिडियोसहित)

काठमाडौं । नेपालका बारेमा मोटिभेस्नल स्पिकर विभेक बिन्द्राले नेपालको बारेमा गरेको केस स्टडी नेपालमा भाइरल बनेको छ। उनले नेपालको विकास किन हुन सकेन र कसरी गर्न सकिन्छ भन्ने विषयमा केस स्टडी गरेर झण्डै १५ मिनेट लामो भिडियो निर्माण गरेका हुन्।

 

विभिन्न विषयमा केस स्टडी गरेर भिडियो बनाउँदै आएका विवेकले नेपालको खुलेर प्रशंसा गरेका छन्। उनले गोर्खा आर्मी र नेपालका शेपाहरूलाई वास्तविक बाहुबलीको रूपमा चित्रित गरेका छन् । उनले अस्थितर राजनीति र नेतृत्वमा देखिएको अदूरदर्शताको कारण २५ गरिब देशभित्र परेको औँल्याएका छन् । त्यस्तै उनले नेपालमा १७ वर्षको अवधीमा १७ प्रधानमन्त्री परिवर्तन भएको भन्दै आश्चार्य प्रकट गरेका छन्।

 

नेपालको विकाश नहुनको अर्को कारण उनले भूपरिवेष्टत राष्ट्र हुनलाई पनि मानेका छन्। भारत र चीनले घेरिएको नेपालले समुन्द्रसम्म पहुँच नपाउँदा अन्तर्राष्ट्रिय ट्रेडहरुबाट सामान आयात तथा नेपालबाट सामान निर्यात गर्दा कठानाइ भएको र जसले गर्दा महँगोमा सामान आयात गर्नु पर्नाका साथै निर्यात गर्दा पनि दोस्रो देशमा निर्भर पर्नु परेको तर्क उनको छ । त्यस्तै उनले नेपालको विकासमा अर्को ठूलो बाधा भनेको भौगोलिक अवस्थालाई औँल्याएका छन्। पहाडी र हिमाली भूभागका कारण भौतिक संरचना निर्माणमा कठिनाइ भएको देखेका छन् ।

 

उनले नेपालमा परिवर्तन ल्याउनका लागि सबैभन्दा पहिला शैक्षिक क्षेत्रमा आमुल परिवर्तन ल्याउनु पर्ने उनको धारणा छ । उनले आफ्नो भिडियोमार्फत् ७७ जिल्लामा अब्बल र क्षमतावान ४०० शिक्षक र गुणस्तर तथा प्रविधि युक्त शैक्षिक संस्था स्थापना गर्न सक्यो भनेमात्रै नेपालले परिवर्तन ल्याउन सक्ने सुझाव दिएका छन्। उनले नेपालमा लागू भएको सन् २००४ चारको नीतिलाई परिवर्तन गरेर विश्व परिवेश सुहाउँदो शैक्षिक व्यवस्था लागू गर्नुपर्ने उल्लेख गरेका छन्।

 

त्यस्तै उनले नेपाललाई समृद्ध बनाउन स्थिर नेतृत्वको खाँचो, संरचना निर्माणका लागि ४/५ देशसँग सहकार्य, सार्वजनिक नीजि साझेदारीको विकास, ठूला लगानीकर्तालाई नेपाल भित्र्याउन वातारण मिलाउन सक्यो भने नेपालले दूर्त गतिमा विकास गर्न सक्ने उनले आफ्नो भिडियोमा बताएका छन् । उनले यसका लागि सरकारले शक्तिशाली निर्णय गर्नु पर्ने बताएका छन् । जसरी भारतमा प्रधानमन्त्री मोदीले मेक इन इनडिया भन्ने अभियान चलाए त्यस्तै नेपालले पनि मेक इन नेपाल भन्ने अभियान चलाउन आवश्यक रहेको उनले औँल्याए ।

 

उनले दुबई सिंगापुर मलेसियाको उदाहारण दिँदै नेपालको अबको रणनीति पर्यटनमा आधारित अर्थतन्त्र हुनु पर्ने सुझाएका छन् । उनले नेपालको विकासका लागि धार्मिक पर्यटन राम्रो स्रोत हुने तर्क गर्छन्। नेपाललाई पर्यटन केन्द्रको रुपमा ब्रान्डिङ आह्वान गर्दै उनले दुबई र मलेसिया तथा सिंगापुरमामा निर्माण गरिएका पर्यटक आकर्षित मानवनिर्मत ल्यान्डको उदाहरणसहित नेपालमा पर्यटक आकर्षणका लागि नेपालल्यान्ड वा काठमाडूल्यान्डको रूपमा एउटा पावरफुल ल्याण्ड निर्माण गर्न पनि सुझाउँछन्।

विवेक विन्द्रा मोटिभेस्नल स्पिकर

विशेष