News

दाइजाेकाे यातना सहन नसकेर छाेरीलाइ विष खुवाएर आफूले समेत आत्महत्या

दाइजाेकाे यातना सहन नसकेर छाेरीलाइ विष खुवाएर आफूले समेत आत्महत्या

जनकपुरधाम ।  जनकपुरकी एक महिलाले छोरीलाई विष खुवाएर आफूले समेत आत्महत्या गरेकी छन् । दाइजो नपुगेको भन्दै परिवारले दिएको यातनाका कारण उनले विष सेवन गरेको प्रहरीले जनाएको छ ।

 

जनकपुर उपमहानगर–४ सरहन्चिया शान्तिनगरकी २५ बर्से सीमा शर्माले दुई बर्षे शिशुलाई समेत विष खुवाएको जिल्ला प्रहरी कार्यालय धनुषाका एसपी गोविन्द थपलियाले बताए ।

 

प्रहरीका अनुसार शर्माले श्रीमान्, सासुससुरा र नन्दबाट थप दाइजो नपुगेको भनी यातना पाइरहेकी थिइन् । 

याे समाचार अन्नपूर्ण पाेस्टबाट लिएका हाै । 

विशेष