मंगलबार सेयर बजारमा ०.७८ अंकको झिनो सुधार
काठमाडौं। नेपाल स्टक एक्सचेन्ज (नेप्से)मा मंगलबार सामान्य सुधार आएको छ । लगातार चार कारोबार दिनदेखि घटिरहेको शेयर बजारले पाँचौँ दिन झिनो अङ्कको वृद्धि कायम गरेको हो ।
मंगलबार नेप्से सूचक ०.७८ अङ्कले बृद्धि हुँदै ११६८.८३ अंकमा उक्लिएको छ।
गत मंगलबारदेखि निरन्तर घटेको शेयर बजार आइतबार सूचक ११९५.५४ अंकमा थियो त्यसयता बजार निरन्तर घट्दो क्रममा देखिएको थियो। पाँच कारोबारदिनमा सूचक करिब २८ अङ्कले घटेको थियो।
मंगलबार कारोबारको सुरुवातमा बजार घटेको भएपनि त्यसपछि बजार सूधारोन्मुख देखिएको थियो। पहिलो घण्टामा बजार पाँच अङ्क घटेको थियो।
११६२ अंकमा झरेको बजार दोस्रो घण्टामा १० अङ्क सुधारिनै सूचक ११७२ अंकसम्म उक्लिएको थियो।तर वृद्धि टिकाउ हुन सकेन र सूचक निरन्तर घट्यो। कारोबारको अन्तिम आधा घण्टामा बजार थोरै सुधारिँदै झिनो अङ्कले बढेर बन्द भएको हो।
सूचिकृत भएदेखिनै लगानीकर्ताको आकर्षण देखिएको माथिल्लो तामाकोशीको सबैभन्दा बढी कारोबारसँगै मंगलबारको शेयर बजारले सकारात्मक सुचक देखाएको विज्ञहरुले बताएका छन् ।
मंगलबार पाँच करोड ४७ लाख रुपैयाँ बराबरको शेयर माथिल्लो तामाकोशीको शेयर कारोबार भयो। अघिल्लो दिनको तुलनामा करिब दुई प्रतिशत मूल्य घट्दै उक्त कम्पनीको शेयर कारोबार भएको छ।
यो कारोबार दिनमा माछापुच्छ्रे बैंकले एक करोड ६५ लाख रुपैयाँको शेयर कारोबार गरेको छ । बैंकले पछिल्लो समय प्रकाशित गरेको त्रैमासिक वित्तीय विवरण प्रगति उन्मुख देखिएकोले बजारमा आकर्षण देखिएको एक कर्मचारीले बताए।
नागरिक लगानी कोषको आठ अर्ब पूँजी पुर्यातउने खबर र तत्काल कोषले तीन अर्ब पूँजी बनाइने चर्चाले बजारमा आकर्षण देखिएको छ। मंगलबार कोषको एक करोड ६० लाख रुपैयाँ बराबरको कारोबार भयो।
नेपाल स्टक एक्सचेन्ज (नेप्से)